काभ्रे २(क) काे प्रदेश सभा सदस्यमा समाजवादीका लक्ष्मण लम्साल निर्वाचित

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (क)बाट लक्ष्मण लम्साल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश समितिका सचिव समेत रहेका लम्सालले नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतले पछि पार्दै विजयी भएका हुन् ।

लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी एमालेका खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् ।

लम्साल विगतकाे निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।