अन्तिम समयमा एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभु शाहको विजयी

रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचत २०७९ मा रौटहट क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले जित निकालेको छ ।

नेकपा एमालेको तत्कालीन स्थायी कमिटी सदस्य समेत रहेको शाहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकेट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन् ।

उनले ३२ हजार ४३७ मत ल्याएका हुन् भने जैसवालले २५ हजार २०० मत प्राप्त गरेका हुन् । माओवादी केन्द्रका रविन्द्र पटेलले भने ८ हजार ५५८ मत प्राप्त गरेका छन् ।

प्रभु शाहले यस क्षेत्रबाट निरन्तर जित्दै आएका छन् । उनको यो जित चौंथो पटकको जित हो ।