मंसिर ४ मा हुने निर्वाचनकाे पर्यवेक्षणका लागि सार्कका निर्वाचन आयुक्तहरूलाई निम्तो
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निम्तो गरेको छ ।
निर्वाचन आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूलाई आमन्त्रण गरेको छ । आयाेगकाे निम्तोकाे सूचीमा अफगानिस्तान छैन । अफगानिस्तानमा तालिबानको सरकार रहेको र आधारभूत लोकतान्त्रिक मूल्यमान्यता समेत नभएका कारण निम्तो नपठाइएकाे हाे । सम्बन्धित मुलुकहरूले प्रमुख निर्वाचन आयुक्त वा उसले तोकेको निर्वाचन आयुक्तको नेतृत्वको टोली नै पठाउने प्रचलन छ ।
उनीहरु नेपालमा रहँदा निर्वाचन आयोगले नै आतिथ्यता लगायत बसोबासको बन्दोबस्त गर्नेछ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४३ वटा संस्थाहरूलाई पर्यवेक्षणको अनुमति समेत दिएको निर्वाचन आयोगले जनाएकाे छ ।
जसमध्ये ३५ वटा राष्ट्रिय संघसंस्था छन् । एसियन नेटवर्क फर फ्रिइलेक्सनस्-एन्फ्रेल र सार्क हृयूमन राइट फाउण्डेस २ वटा अन्तर्राष्ट्रिय संस्था छन् र बाँकी ३ वटा विभिन्न प्रकृतिका संस्थाहरु रहेका छन् । निर्वाचनका दिन नेपालस्थित कुटनीतिक नियोग र दूतावासहरूलाई समेत निर्वाचनको अनुगमनका लागि आयोगले अनुरोध गरेको आयोगले जनाएकाे छ ।
नेपाली ३५ वटा संस्थाबाट २० हजार पर्यवेक्षकले निर्वाचनकाे पर्यवेक्षण गर्ने अनुमान रहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।