काठमाडौं महानगरभित्रका सहकारीहरुले पुस मसान्तभित्र साधारण सभा गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुले यही पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले आज सूचना जारी गर्दै पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरी सभा सकिएको १५ दिनभित्र सभाबाट पारित प्रमाणित प्रतिवेदन महानगरपालिकामा बुझाउनुपर्ने भएको छ ।

सहकारी ऐन, २०७४ को दफा ३९ (२) तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) एवं दफा १०४ बमोजिम काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुले आगामी २०७९ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रमाणित प्रतिवेदन काठमाडौँ महानगरपालिका, सहकारी विभागमा बुझाउन हुन अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

कोभिड महामारी तथा ठूला राष्ट्रहरु बीच भएको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीबाट वस्तु र सेवाहरुको मुल्यवृद्धि र मुद्रास्फितिले वित्तीय क्षेत्रहरुमा तरलताको अभाव सृजना भएको र यसैले पनि सहकारी क्षेत्रमा समेत गम्भीर असर परेको हुनाले महानगरमा दिनहुँ जस्तो पर्न आएका लिखित तथा मौखिक उजुरीको चाप महसुस भएकोले सहकारीहरुलाई सुशासन कायम गर्न समेत अनुरोध गरिएको छ ।

काठमाडौं महानगरपालिकाको सूचना तल उल्लेख छः