कोमल वलीलाई पराजित गर्दै नेपाली कांग्रेसका दिपक गिरी विजयी

दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतले पराजित गर्दै नेपाली कांग्रेसका दिपक गिरी विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनकातर्फ नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले ३६ हजार ८४२ मत प्राप्त गरेका थिए भने निकटम प्रतिस्पर्धी नेकपा एमालेकी कोमल वलीले २९ हजार ०३२ मत प्राप्त गरेकी थिइन् ।

अर्काे प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३०० मत प्राप्त गरेका छन् ।