हृदयेशलाई पराजित गर्दै नवलपरासी पश्चिम–१ मा विनोद चौधरी विजयी

नवलपरासी । प्रतिनिधि सभा निर्वाचन २०७९ मा नवलपरासी पश्चिम – १ मा विनोदकुमार चौधरीले हृदयेश त्रिपाठीलाई पराजित गरेको छ ।

सत्तारुढ गठबन्धनतर्फको नेपाली कांग्रेसका विनोद कुमार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरेका छन् भने जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

चौधरीले ७ हजार १८७ मतले पराजित गरेका हुन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) ले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।