क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँगै पोर्चुगलको विजयी सुरुवात

कतार । फिफा विश्वकप २०२२ अन्तर्गतको पोर्चुगलको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँगै घानामाथि जित निकालेको छ ।

खेलको ६५ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दा ५ वटा फरक–फरक विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी बन्न पुगेका थिए–क्रिस्टियानो रोनाल्डो ।

३७ वर्षीय रोनाल्डोले गरेको उक्त गोलबाट अग्रता लिएको पोर्चुगल विरुद्ध ७३ औं मिनेटमा घानाका कप्तान आन्द्रे आयेले गरेको गोलबाट खेल बराबरीमा पुगेको थियो ।

खेलको ७८ औं मिनेटमा पोर्चुगलका जाओ फेलिक्स र ८० औं मिनेटमा पाल्हिनाले गरेको गोलबाट पोर्चुगल ३–१ ले अग्रता लिन सफल भएको थियो ।

तत्पश्चात पोर्चुगलबाट क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र बर्नान्डो सिल्भालाई मैदानबाट निकालेको एक मिनेटपछि ८९ औं मिनेटमा घानाका बुकारीको गोलले घानामा खेलमा फर्किएपनि ३–२ ले पराजित हुन पुग्यो ।

योसँगै समुह ‘एच’ को शीर्षस्थानमा पोर्चुगल ३ अंक सहित पुगेको छ भने उरुग्वे दोस्रो र दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।