कुमार थापालाई पराजित गर्दै काभ्रे २(ख) बाट कञ्चनचन्द्र बादे निर्वाचित

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (ख) बाट कञ्चनचन्द्र बादे निर्वाचित भएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ (ख) का प्रदेश सदस्य तथा बागमती प्रदेशका महामन्त्री समेत रहेका बादेले नेकपा एमालेका उम्मेदवार कुमार थापालाई ४ हजार ७८ मतले पराजित गर्दै विजयी भएका हुन् ।

बादेले २६ हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी थापाले २१ हजार ९ सय ६७ मत प्राप्त गरेका हुन् ।

बादे २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा पनि निर्वाचित भएका थिए । उनी विगतको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई उद्योग राज्यमन्त्री समेत भएका थिए ।