काभ्रे–२ मा गठबन्धनलाई पराजित गर्दै गोकुल बाँस्कोटा निर्वाचित
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा ५ हजार ८६३ मतान्तरले निर्वाचित भएका छन् ।
उनले ४५ हजार ३४५ मत प्राप्त गरेका छन् भने निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरेका छन् ।
बाँस्कोटा नेकपा एमाले पोलिटब्युरो समिति सदस्य हुन् । उनी २०७४ चैत २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राज्यमन्त्री र पछि सोही मन्त्रालयमा मन्त्री समेत भइसकेका हुन् ।