विश्वकपमा पहिलो रेड कार्ड, इरानद्वारा वेल्स २–० पराजित
कतार । जारी फिफा विश्वकप २०२२ मा पहिलो पटक मैदानमा रेफ्रीले रेड कार्ड देखाएको छ ।
खेलको ८६ औं मिनेटमा इरानको खेलाडीलाई लडाएकोमा वेल्सका गोलकिपर हेसेस्सीलाई पहेंलो कार्ड दिइएको थियो । पुनः भिएआरबाट हेरी रेफ्रीले उनलाई रेड कार्ड देखाई मैदान बाहिर पठाएको थियो । चालु विश्वकपमा यो पहिलो रेड कार्ड हो ।
१० खेलाडी सिमित वेल्स विरुद्ध इरानले इन्जुरी समयको पनि अन्तिम समयमा रुजबे चेस्मीले र उक्त गोलको २ मिनेटमै पुनः रामिन रेजिएनले गोल गर्दै इरानलाई जित दिलाएका थिए ।
योसँगै इरान समुह ‘बी’ को दोस्रो स्थानमा उक्लेको छ भने वेल्स पुछारमा पुगेको छ ।
इङ्गल्याण्ड र अमेरिका बीचको खेल नेपाली समयानुसार आज राति १२ः४५ बजे हुनेछ ।