काभ्रे १ बाट माओवादीका सुर्यमान दोङ ३४ हजार ४ सय १२ मतका साथ विजयी

काभ्रेपलान्चोक । काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट गठबन्धनतर्फका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार सुर्यमान तामाङ (दोङ) विजयी भएका छन् ।

दाेङले नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामालाई ३ हजार ९ सय ६४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

शनिबार विहान सम्पन्न मतगणना नतिजा अनुसार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज समेत रहेका दाेङले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य रेशम बहादुर लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले ८ हजार ६ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले १ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् । काभ्रे क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।

२०६४ को संविधान सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए ।