काभ्रे १ बाट निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण
पनौती । काभ्रे जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ काे निर्वाचन अधिकृतको कार्यालय पनौतिले विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेकाे छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुर्यमान दोङ विजयी भएका हुन् । यस्तै, प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (१) बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रत्न ढकाल र प्रदेश सभा (२) बाट नेपाली कांग्रेसका तिर्थ लामा विजयी भएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् ।