गठबन्धनले निकाल्याे विजयी जुलुस
पनौती । काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर १ काे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनले निर्वाचन जितेसंगै पनौतीबाट विजयी जुलुस सुरू गरेकाे छ । बाम गठबन्धनका तीनै जना उम्मेदवारले निर्वाचनमा विजय प्राप्त गरेसंगै खुसियाली मनाउँदै गठबन्धनले विजय जुलुस निकालेकाे हाे ।
विजय जुलुसमा नेता कार्यकर्ता लगायत आम मतदमताकाे सहभागीता रहेकाे छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुर्यमान दोङ विजयी भएका हुन् । यस्तै, प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (१) बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रत्न ढकाल र प्रदेश सभा (२) बाट नेपाली कांग्रेसका तिर्थ लामा विजयी भएका हुन् ।
पनौतीबाट बनेपा हुँदै धुलिखेलमा पुगेर काेण सभा गरी विजयी जुलुस समापन हुने गठबन्धनले जनाएकाे छ ।