संविधान जाेगाउने पहिलाे काम: लालध्वज, कांग्रेसकै कारण पराजित भए: हुमागाईं
काभ्रेपलान्चोक । बाम लाेकतान्त्रिक जिल्ला निर्वाचन परिचालन कमिटि काभ्रेपलान्चोकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे मतगणनाकाे नतिजासंगै विजयी उम्मेदवारसहित जिल्लास्तरीय धन्यवाद ज्ञापन कार्यक्रम गरेकाे छ ।
२ वटा प्रतिनिधि सभा र २ प्रतिनिधि सभा अन्तर्गतका ४ प्रदेश सभा रहेकाे काभ्रेमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाहेकका ५ वटै स्थानमा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारले निर्वाचन जितेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पाेलिटब्युराे सदस्य एंव काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का नवनिर्वाचित सासंद सुर्यमान दोङ (लालध्वज) काे प्रमुख आतिथ्यतामा भएकाे जिल्लास्तरीय धन्यवाद ज्ञापन कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेद्वार शिव प्रसाद हुमागाईं समेतकाे उपस्थित रहेकाे थियाे।
शनिबार धुलिखेलमा भएकाे धन्यवाद ज्ञापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लालध्वजले गठबन्धनबाट विजयी उम्मेदवारहरूले अरूकाेजस्ताे कुरामात्र नभई काम गर्ने बताउँदै संविधान जाेगाउने पहिलाे काम भएकाे बताएका छन् । हामीहरू बार्गेनिङ गर्ने छैनौं, नितान्त काभ्रेली जनताका शुसासनका कुरामा लाग्नेछाैं- उनले थपे । कार्यक्रममा बाेल्दै उनले भने काभ्रेली जनताकाे विचार, आस्था र भावनालाई धमिलाे हुन दिने छैनौं र हाम्रो टिम जनताकमे पक्षमा साझा कार्यका लागि लाग्नेछ । लालध्वजले गठबन्धनबाट निर्वाचित सबै उम्मेदवारहरू भ्रष्टाचारकाे अन्त्यका पक्षमा रहेकाे भन्दै समृद्ध काभ्रे बनाउने अभियानमा रहेकाे बताए ।
त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट गठबन्धनकाेतर्फबाट उम्मेदवार रहेका शिव प्रसाद हुमागाईंले आफू क्षेत्र नम्बर २ का मतदाताका कारण नभई नेपाली कांग्रेसकै आन्तरिक कारणले निर्वाचनमा पराजय भएकाे बताएका छन् । हुमागाईले काभ्रेली जनता र काभ्रेकाे माटाेकाे लागि निरन्तर जनतासंगै रहने बताउँदै आफ्नाे साथ र सहयोग रहने समेत बताए ।
हुमागाईं नेकपा एमालेका उम्मेदवार गाेकुल प्रसाद बास्काेटासंग पराजित भएका हुन् ।
कार्यक्रममा प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (१) का नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रत्न ढकाल र प्रदेश सभा (२) का नेपाली कांग्रेसका तिर्थ लामा, प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा (१) का नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का लक्ष्मण सम्साल र प्रदेश सभा (१) का नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
गठबन्धनकाे विजयी पश्चात पनौतीबाट विजय जुलुस सुरू भई बनेपा हुँदै धुलिखेलमा पुगेर काेण सभा गरी कार्यक्रम समापन भएकाे थियाे ।