भक्तपुरकी रक्त क्यान्सर पीडित अम्बिका दुलाललाई ६५ हजार ५ सय ८२ रूपैयाँ हस्तान्तरण

भक्तपुर । रक्त क्यान्सर पीडित अम्बिका(कान्छी) दुलाललाई आर्थिक सहयाेग प्राप्त हुन थालेकाे छ ।

दुलाल विगत चार महिनादेखि रक्त क्यान्सरबाट पीडित भएर नागरिक अस्पतालमा उपचाररत छिन् । उनलाई आर्थिक सहयोगको आवश्यकता छ । यसै क्रममा दुलाललाई सहयाेगी साथकाे सुरूवात भएकाे छ ।

भक्तपुर जिल्ला चागुनारायण नगरपालिका वडा नम्बर ८ सुडालकी अम्बिका दुलाल ६ सन्तानकी आमा हुन् । उनका श्रीमान् मानसिक रोगी छन् | उपचारका क्रममा हालसम्म १५ लाख खर्च भैसकेको र एकचोटि केमो चलाउँदा ५६ हजार खर्च हुनुका साथै हरेक दिन लगभग ३ हजारको औषधी खानु पर्ने उनी बताउँछिन् ।

साहित्यकार तथा रचनाकार हरिहर तिमल्सिनाकाे पहलमा संकलन भएकाे रकम आईतबार हस्तान्तरण गरिएकाे छ । तिमल्सिनाकाे पहलमा ६५ हजार ५ सय ८२ रूपैयाँ संकलन भएकाे हाे ।

धैरैले सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ, आर्थिक संकलन हुने क्रम भर्खर सुरू भएकाे बताउँदै तिमल्सिनाले दुलाललाई सहयाेग गर्नका लागि आफू निरन्तर लागेकाे बताएका छन् ।

तिमल्सिनाका अनुसार सुशील खत्रीबाट २५ हजार ५ सय ८२, इटर्नल फाउन्डेसन समूहबाट १५ हजार, अधिवक्ता गोविन्द चौलागाईंबाट १० हजार, इन्जिनियर सुदन दुलालबाट १० हजार र बाबुकाजी पुरीबाट ५ हजार संकलन भएकाे छ ।