३५ औं विश्व एड्स दिवसमा स्वास्थ्य कार्यालय काभ्रेकाे अन्तरक्रिया
काभ्रेपलान्चोक । एड्स अन्त्यका लागि समानताकाे सुनिश्चितता भन्ने नाराका साथ ३५ औं विश्व एड्स दिवस २०२२ काे सन्दर्भमा स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले कार्यालयकाे गतिविधि सम्बन्धी जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
बुधबार धेलिखेलमा आयाेजित कार्यक्रममा एड्सका बारेमा जानकारी गराउँदै स्वास्थ कार्यालय काभ्रेपलान्चोकले आफ्नाे गतिविधि सम्बन्धी जानकारी गराएकाे हाे ।
हालसम्मको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६।२०७७ मा ५२ जना, आर्थिक वर्ष २०७७।२०७८ मा ७७ जना र आर्थिक वर्ष २०७८।२०७९ मा ८२ जनाले जिल्लाकाे धुलिखेल अस्पतालमा नेपाल सरकारबाट संचालित जिल्लाकाे एकमात्र ए आर टी सेन्टरमा नियमित रूपमा एच.आई. भी. विरुद्ध औषधि सेवन गरिरहेकाे बताउँछदै आर्थिक वर्ष २०७९।२०८० काे मंसिर १५ सम्म उपचार पाएका कुल ८६ जना संक्रमित मध्ये पुरूष ४२ जना, महिला ४३ जना र १ जना बालिका रहेकाे जनाएकाे छ ।
कार्यालयका अनुसार एच.आई. भी. परीक्षणका साथै आवश्यक परामर्श र नि:शुल्क एच.आई.भी. विरुद्धकाे औषधी समेत वितरण भइरहेकाे छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा. पुरूषाेत्तम राज सेढाईंका अनुसार जिल्लामा १ हजार ९ सय ६१ वटा स्वास्थ्य केन्द्रबाट आफ्ना सेवाहरू दिईरहेकाे छ । त्यस्तै, आर्थिक वर्ष २०७८।०७९ काे प्रदेश स्तरीय वार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सूचकहरूकाे आधारमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालय मध्य काभ्रेपलान्चोकले प्रथम स्थान प्राप्त गरेकाे छ ।
कार्यक्रममा डा. सेढाईंले कार्यालयकाे गतिविधि बारे जानकारी गराएका थिए ।