काभ्रेमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथै निर्वाचन अधिकृतको कार्यालयका स्थापना भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका स्थापना गरेको हो ।

शनिबार धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतकोे कार्यालय अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय र पनौती नगरपालिकाको कार्यालयमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्कर २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको गरेको हो ।

काभ्रेपलान्चोक जिल्लामा कुल ३१ लाख ६३ मतदाता रहेका छन् भने कुल ३ सय ८९ मतदान केन्द्र रहेको छ ।