आयुर्वेद सेवा प्रबर्द्धन गर्न अन्तरक्रिया

बनेपा। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा, काभ्रेपलान्चोकले अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

स्वास्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र, काभ्रेले आयुर्वेद सेवा प्रबर्द्धन गर्न स्थानीय तहका पत्रकारहरूसंग अन्तरक्रिया गरेकाे छ ।

पाँच हजार वर्ष पुरानाे एतिहासिक दस्तावेजयुक्त आयुर्वेदकाे बारेमा जानकारी गराउँदै कार्यालयले आयुर्वेद स्वास्थ्यकाे बारेमा भई गरेका कार्यका बारेमा जानकारी दिएकाे छ । आयुर्वेद स्वास्थ्यकाे बारेमा अन्तरक्रिया गर्दै कार्यक्रममा साे सम्बन्धि कार्यपत्र समेत प्रस्तुत गरिएकाे थियाे ।

साेमबार बनेपामा भएकाे कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. वशंवदाम्बा काैण्डिन्नयायनीले आयुर्वेद स्वास्थ्य, महत्त्व र उपयाेगिताकाे बारेमा जानकारी दिएकी थिइन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर कायस्थकाे अध्यक्षतामा भएकाे कार्यक्रम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।