तीन महिना पछि काभ्रेमा पुनः रेबिज देखियाे
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा पुनः रेबिज देखिएको छ ।
जिल्लाकाे चौरीदेउराली गाउँपालिका र भुम्लु गाउँपालिकामा तीन महिनाअघि देखिएको रेजिब पुनः तीन महिनापछि महाभारत गाउँपालिकामा देखिएको हो ।
स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा. पुरूषाेत्तम राज सेढाईंले अहिले रेबिजका कारण डराउनु पर्ने अवस्था नरहेको र खोप सम्बन्धित ठाँउमा पुगेको बताएका छन् । रेबिजका कारण मानिसको ज्यान समेत जान सक्ने भन्दै डा. सेढाईंले रेबिजका बारेमा सचेतना जगाउन आवश्यक रहेको बताएका छन् । अहिले भ्याक्सिनकाे अभाव नरहेकाे र भ्याक्सिन लगाउने कार्य पनि प्रभावकारी रहेकाे भन्दै उनले पशु चौपायालाई टोक्ने कुकुरलाई नियन्त्रणमा लिई पशुहरुलाई खोप लगाउने कार्य भएकाे र कन्ट्राक ट्रेसिङ भैसकेकाे जनाएका छन् । उनी भन्छन् हरेक घन्टामा त्यहाँको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको छ ।
कार्यलयका अनुसार २०७७ चैतमा चौरी देउरालीमा ४६ वर्षका, २०७८ बैशाखमा ७ वर्षका र चौरी देउरालीमै २०७८ बैशाखमा ७२ वर्षका व्यक्तिमा रेबिजका कारणले मृत्यु भएको थियो ।
रेबिज एक प्रकारकाे भाइरसकाे संक्रमणबाट लाग्ने राेग हाे र जुन संक्रमित स्तनञारी जनावरहरूबाट मानिसमा सर्दछ ।