लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापनमा १३ जना महिलालाई सम्मान

काभ्रेपलान्चोक । सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान नारा दिइएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २३ गते काभ्रेको धुलिखेलमा समापन गर्न जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलान्चोकले आव्हान गरेको छ ।

साेमबार जिसस काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलनमा गरि मंसिर ९ गतेदेखि सुरु भएकाे उक्त अभियान मंसिर २३ गते समापन गर्ने जनाएकाे हाे ।

जिसस काभ्रेका प्रमुख दिपक कुमार गौतमले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समापन कार्यक्रममा अनुमानित २० हजार जनाकाे जनसहभागिता रहने बताएका छन् ।

जिल्लाभित्रका संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधि, सरकारी कार्यालय तथा कर्मचारी, गैर सरकारी संघ संस्था, उद्योगी व्यवसायी तथा खेलाडी लगायतका सराेकारवाला निकायहरुकाे सहभागीतामा सांस्कृतिक झाँकि सहितकाे र्यालि हुने कार्यक्रम धुलिखेल बसपार्कबाट सुरु भइ सरस्वती बजार हुदै धुलिखेलकाे खुल्ला खेल मैदानमा पुगेर समापन हुनेछ ।

जिल्लाका १३५ वटै वडाबाट कम्तिमा ५ जना अनिवार्य उपस्थितिकाे लागि आव्हन गरिएको प्रमुख गौतमले बताएका छन् ।

माइती नेपालकी अध्यक्ष तथा पूर्व बाग्मति प्रदेश प्रमुख अनुराधा काेइरालाकाे आतिथ्यतामा हुने कार्यक्रममा मनाेज गजुरेल, पशुपति शर्मा, अस्मिता अधिकारी बाल कलाकार आयुषा गौतम लगायतकाे उपस्थित रहने जनाईएकाे छ । कार्यक्रममा चेतना मुलक साँस्कृतिक कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साेही कार्यक्रममा १३ वटा पालिकाका १३ जना महिलालाई सम्मान गरिने जनाईएकाे छ । सम्बन्धित पालिकाले सिफारिस गरि पठाएका १३ जना महिलालाई सम्मान गरिने प्रमुख गौतमले बताए ।