पोर्चुगललाई हराउँदै मोरोक्को र इङ्ग्ल्याण्डलाई हराउँदै पूर्वविजेता फ्रान्स सेमिफाइनलमा
कतार । फिफा विश्वकप अन्तर्गतको आज भएको दुई क्वार्टरफाइनल खेलबाट पोर्चुगललाई हराउँदै मोरोक्को र इङ्ग्ल्याण्डलाई हराउँदै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ ।
क्रीस्टियानो रोनाल्डो रहेको राष्ट्र पोर्चुगलमाथि मोरोक्कोले जित निकाल्दा मोरोक्को पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रीकन राष्ट्र बनेको छ । कुनै अफ्रीकन मूलको राष्ट्रको लागि सबैभन्दा ठूलो उपलब्धी हासिल गर्न मोरोक्को सफल भएको हो ।
मोरोक्कोका लागि खेलको ४२औं मिनेटमा युसुफ एन-नेस्रीले गरेको गोल नै निर्णायक बन्न पुगेको हो ।
यस्तै दोस्रो खेलमा पूर्वविजेता फ्रान्सले इङ्गल्याण्डलाई हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको छ ।
खेलको १७औं मिनेटमा औरेलिएन चौमेनीको गोलबाट अग्रता लिएको फ्रान्सलाई ५४औं मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गर्दै कप्तान ह्यारी केनको गोलले खेल १-१ को बराबरीमा ल्याएको थियो ।
पुन: खेलको ७८औं मिनेटमा ओलिभिएर जिराउडले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाएको हो । इङ्ग्ल्याण्डले खेलको ८४औं मिनेट पुन: पेनाल्टी पाएको थियो, तर दूर्भाग्यवश यस पटक पेनाल्टीमा कप्तान ह्यारी केनले गोल गर्न सकेन र खेल २-१ ले फ्रान्सको पक्षमा गएको हो ।
अब पूर्वविजेता फ्रान्सले सेमिफाइनलमा दोस्रो पटक विश्वकपमा सहभागिता जनाएको र पहिलो पटक सेमिफाइनल पुगेको मोरोक्कोको सामना गर्नेछ ।