काभ्रेको बेथानचोकमा बस दूर्घटनामा १७ को मृत्यु

बेथानचोक । बेथानचोक गाउँपालिका-४ सल्लाफेदी नजिकै भएको बस दूर्घटना परेर कम्तिमा १७ जनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ ।

भान्जाको छेवर कार्यक्रममा सरिक भएर फर्किएको रिजर्भ बस बेथानचोक चलालस्थित सल्लाफेदीमा दूर्घटना भएको हो । दूर्घटनामा परेको बस क्षतविक्षत भएको छ ।

बा ३ ख ४३८५ को बस दूर्घटना हुँदा कम्तिमा २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरूलाई धुलिखेल अस्पताल र बनेपास्थित शीर मेमोरियल अस्पतालमा लगिएको छ ।

दूर्घटना परेको बसलाई नेपाल प्रहरी र नेपाली सेनाले डोजरको मद्दतले उठाइ घाइतेहरूको उद्दार गरिएको थियो ।

सच्याइएको: यसअघि भान्जाको छेवर कार्यक्रम हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक