अर्जेन्टिना छैठौं पटक विश्वकप फाइनलमा

कतार । फिफा विश्वकप २०२२ को सेमिफाइनलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनामा फाइनल पुग्दा यो अर्जेन्टिनाको छैठौं पटकको फाइनल प्रवेश हो ।

६ पटक विश्वकप फाइनल पुग्ने इटाली र ब्राजिलसँग अर्जेन्टिनाले बराबरी गरेको छ । विश्वकप फाइनलमा सबैभन्दा बढी पटक जर्मनी ८ पटक पुगेको छ ।

हिजो भएको पहिलो सेमिफाइन अन्तर्गत खेलको ३४ औं मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै १–० को अग्रता लिएको थियो । त्यसको ५ मिनेट पश्चात खेलको ३९ औं मिेनटमा जुलियन एल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएको थियो ।

६९ औं मिनेटमा प्ुनः जुलियन एल्भारेजले गोल गर्दाै अर्जेन्टिना ३–० ले अगाडि थियो भने उक्त गोलअन्तर नै नतिजा बन्न पुग्यो ।

यो सँगै पूर्व उपविजेता क्रोएसियाले तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्को बीचको खेलमा पराजित राष्ट्रसँग खेल्नेछ ।

सम्भवत अन्तिम पटक विश्वकपमा सहभागिता जनाइरहेको क्रोएसियाका लुका मोद्रिचका लागि सुखद् बिदाई नभएपनि अन्तिम पटक नै विश्वकपमा सहभागिता जनाइरहेका अर्जेन्टिनाका लियोनल मेस्सीका लागि भने सुखद् बिदाइ हुन सक्ने अनुमान गर्न सकिन्छ ।

आज राति नेपाली समयानुसार १२ः४५ बजे फ्रान्स र मोरोक्को भिड्नेछ ।