बेथानचोक दुर्घटना परी मृत्यु हुनेको पहिचान खुल्यो (नामावली सहित)
बेथानचोक । हिजो साँझ बेथानचोक गाउँपालिका चलालमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ ।
भान्जाको छेवरका लागि बनेपा–११ बाट बेथान्चोक–४ मा रिजर्भका लागि गएको बस छेवर कार्यक्रम सकारएर फर्किने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने १३ जनाको पहिचान खुलेको छ ।
पहिचान खुलेका १३ जनामा १) बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ, २) बनेपा नगरपालिका–११ की निर्मला तामाङ, ३) बनेपा नगरपालिका–११ का योगेश तामाङ, ४) बनेपा नगरपालिका–११ का आकुर तामाङ, ५) बनेपा नगरपालिका–११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ, ६) बनेपा नगरपालिका–११ का पुष्कर तामाङ, ७) बनेपा नगरपालिका–११ की कोपिला तामाङ, ८) बनेपा नगरपालिका–११की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ, ९) मण्डनदेउपुर नगरपालिका–१ की जेली तामाङ, १०) ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने बस चालक सन्तोष तिमल्सिना, ११) धुलिखेल नगरपालिका–११ का बु्द्ध तामाङ, १२) बेथानचोक गाउँपालिका–५ की मञ्जु तामाङ र १३) बनेपा नगरपालिका–१४ की गीता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।