मंगरबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर मंगरबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायतका सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल समेत गरेको थियो ।
आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई यस अघि नै आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर गराईसकेकाे छ ।