संसदीय दलकाे नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे प्रतिनिधिसभा तथा संघीय संसदीय दलकाे नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वसम्मत चयन भएका छन् । साथै, राष्ट्रिय सभा संसदीय दलको नेतामा नारायण काजी श्रेष्ठ (प्रकाश) निर्वाचित भएका छन् ।

यस्तै, बिहीबार पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले हितराज पाण्डेलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको छ ।