अष्ट्रेलिया विरुद्धको टीट्वान्टी श्रृंखलामाथि भारतको जित
हैदरावाद । अष्ट्रेलियामाथि अन्तिम टीट्वान्टी खेलमा ६ विकेटको जित हात पार्दै भारतले सिरिज जितेको छ । भारतको हैदरावादमा भएको अन्तिम टीट्वान्टी खेलमा पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो ।
जसका लागि टीम डेभिडले २७ बलमा ५४ र क्यामरुन ग्रीनले २१ बलमा ५२ रन बनाएका थिए । भारतका लागि अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको भारतले सुर्यकुमार यादवको ६९ रन र विराट कोहलीको ६३ रनको मद्दतले १ बल बाँकी छँदै खेल जितेको हो ।
जितसँगै तीन खेलको टीट्वान्टी श्रृंखला भारतले २–१ ले जितेको हो ।