तेस्रोपटक प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।दाहालले नेकपा एमालेसहितका ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिना प्रधानमन्त्री बनेका थिए ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय भएकाे छ । दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।