प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय : प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने पहिलो निर्णय गरेका छन् । उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका दाहालले प्रधानमन्त्री कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।