देउवाले छाडे प्रधानमन्त्रीको सरकारी निवास
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।
बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।
बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाे र घर निर्माण सकिन ३–४ महिना लाग्ने भएकाले देउवा निजी निवासमा नसरि अहिलेका लागि भाडाको घरमा सरेका हुन् ।
गत आईतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।