बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा सुरेन्द्रराज पाण्डे निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसकाे बुधबार भएकाे बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा र गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

बहादुर सिंह लामाले २१ मतसहित इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै बागमती प्रदेश सभा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले १६ मत प्राप्त गरेका छन् ।

यस्तै, सुरेन्द्रराज पाण्डेले १८ मत प्राप्त गरि भोजराज अर्याललाई हराउँदै गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । पाण्डेसंग पराजित अर्यालले ८ मत प्राप्त गरेका छन् । यस्तै, १ मत बदर भएको छ ।