खानिखाेलाकाे जगथलीमा पुग्याे बस

काभ्रेपलान्चोक । जिल्लाकाे खानिखाेला गाउँपालिकाकाे जगथलीसम्म पुनः यातायात (बस) संचालन भएकाे छ । वर्षाका कारण सडक अबरुद्ध हदाँ बस संचालन हुन सकेकाे थिएन ।

सडक मर्मत पश्चात् शनिवारबाट पुन बस संचालनमा आएकाे छ ।उक्त बस सुबिधा पश्चात खानिखोला गाउँपालिकाका वडा नम्बर ४ जगथलीका साथै महाभारत गाउँपालिका वडा नम्बर १ र २ का तल्लो भेगका सर्वसाधारणहरूले समेत सेवा लिन पाउने भएका छन् ।

शनिवार बस पनौतीबाट च्याम्राङ्बेसी, तालढुङ्गा हुँदै जगथलीसम्म पुगेकाे हाे । बस याे वर्षमा पहिलाेपटक शनिवार जगथली पुगेकाे हाे । बिगतका वर्षहरूमा भने याे समयमा बस संचालन नभएकाे खानिखोला गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष निशान मोक्तानले बताएका छन् ।

साथै, बिगतका वर्षहरूमा दशैं, तिहारकाे समय साे स्थानमा जानकाे लागि अन्तर गाँउपालिका हुदैमात्र जानुपर्ने हुन्थयाे भने अब आफ्नै पालिकाबाट नै जान सकिने अध्यक्ष मोक्तानले बताएका छन् । उनका अनुसार विगत ९ महिनादेखि बस संचालन हुन सकेकाे थिएन । उनले भने- दशैं अगाडि जगथलीसम्म बस पुगेकाे याे पहिलाे पटक हाे । दशैं, तिहार लगायतका पर्वहरूलाई लक्षित गरेर नै बस संचालन भएकाे समेत जनाईएकाे छ ।