सहकारीहरु मर्जमा जानु अबको आवश्यकताः अरुण थापा

अरुण थापा, प्रमुख कार्यकारी अधिकृत (एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि.बनेपा–७, काभ्रे)

० सहकारी संस्था भनेको के हो ?

राज्यको नीति नियममा रहि सदस्यहरुद्धारा सदस्यहरुकै लागि सदस्यहरुको नै अधिकत्तम सहभागिता रहने गरि गठित र सबैले मेरो भनेर गर्व गर्ने सक्ने संस्था नै सहकारी संस्था हो । जहाँ सदस्यहरुको अंहम महत्व र भुमिका रहेको हुन्छ । संस्था र सदस्य दुवैलाई सुख दुःखको सहयात्री भनेर पनि चिन्न र बुझ्न सकिन्छ ।

० एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको बारेमा भन्नु पर्दा ?

वि.स.२०६५ सालमा डिभिजन सहकारी कार्यालय धुलिखेलमा विधिवत दर्ता भई स्थानीय सहभागीता र स्थानीय स्तरमा संचालित सरल, सहज र सक्षम सहकारी संस्थाको पहिचान बनाउँन सफल सहकारी संस्था हो एक्सप्रेस साकोस । जसले आ.व. ०७९/०८० को अन्त्यसम्म ३ अजार १ सय ९ जना सदस्यहरु र २ सय ५३ जना बाल सदस्यहरुलाई विभिन्न सेवा सुविधा सहित सेवा प्रदान गरिरहेको छ । जसको सम्पत्ति तथा दायित्व २६ करोड ३२ लाखको रहेको छ । संस्थाले आ.व.को अन्त्यसम्म आईपुग्दा २ करोड ८७ लाख ८७ हजार बराबरको संस्थागत कोष निर्माण गर्न सफल भएको छ । समग्रमा भन्नु पर्दा एक्सप्रेस साकोस एक सहज र सरल सहकारी संस्था हो, जसलाई सहभागी सदस्यहरुले अत्यन्त माया र सद्भाव राख्नु भएको छ ।

बचत तथा ऋणको नियमानुसार कारोबार गर्ने सदस्य जहिले पनि सन्तुष्टको सुचीमा समावेश हुन्छ भने एकजना ऋणी सदस्य जसको कारोबार नियमित छैन, नियम उलघंनमा परेको छ भने उसलाई संस्थाले गरेको ताकेता आदि असन्तुसष्टीको कारण बन्न सक्छ ।

० एक्सप्रेस स्थापनाको मुख्य उद्देश्य ?

स्थानीय स्तरमा आफ्नो छुट्टै पहिचान बनाई सदस्य सेवा र सुविधाको क्षेत्रमा निरन्तर सहयात्रीको रुपमा विस्तारित गर्ने उद्देश्यले एक्सप्रेस साकोसको स्थापना भएको थियो तर त्यो बेलाको संस्था स्थापनाको माहोल हेर्दा २०६५ साल तीर संस्था स्थापना गर्ने होडबाजी नै चलेको रहेछ की जस्तो पनि लाग्छ तर जे जसरी संस्था स्थापना भएको भए पनि यसको मुख्य उद्देश्य भनेको विद्यमान ऐन कानुनको परिधीमा रहि नियमानुसार सदस्यहरुको सहभागितामा संस्थाको उद्देश्य अनुरुप सदस्यहरुलाई विभिन्न प्रकारका सेवा सुविधा उपलब्ध गराउँनु नै हो । एक्सप्रेस स्थापनाको मुख्य उद्देश्य यहि हो ।

० एक्सप्रेस साकोसमा के कस्ता सेवा सुविधा छन् ?

एक्सप्रेस साकोसले पनि समयानुसार आफुलाई परिमार्जन गर्दै सदस्यहरुको सेवा र सुविधामा परिस्कृत गर्दै लगेको छ । बचत तथा ऋण नै यसको मुख्य कार्य परिधी भएको हुनाले विभिन्न शिर्षकका बचत तथा ऋणको माध्यमबाट आफ्ना सदस्यहरुलाई सेवा र सद्भाव कायम राख्न सफल भएको छ । साधारण, दैनिक बचतको अलवा सदस्यहरुले विशेष सेवा र सुविधा प्राप्त गर्ने गरि बाल परिपक्व बचत, नियमित बचत, संबृद्धि बचत, श्रृखला बचत, महिला उद्यमशिल बचत, चाडपर्व तथा उत्सव बचत, अस्ह्याय तथा बृद्धबृद्धा बचत, वर्तमान सुगम भविष्य ढुक्क बचत आदि रहेका छन भने ऋण तर्फ साना मझौला ब्यबसायिक कर्जा, घरायसी खरसाँचो कर्जा, आवधिक वापत कर्जा, बचत वापत कर्जा, औषधीउपचार कर्जा, कृषि तथा पशुपालन कर्जा, महिला उद्यम विकास कर्जा आदि मार्फत बचत तथा ऋणको सेवा प्रदान गरिरहेको छ । यसका अलवा सदस्यसँगै एक्सप्रेस साकोस भन्ने मुल भावका साथ सदस्यहरुलाई स्वास्थ्य सेवा, शैक्षिक कार्यक्रम, सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता समेत एक्सप्रेस साकोसले गर्दै आएको छ ।

सामाजिक र साँस्कृतिक गतिविधिमा सदस्यसँगै एक्सप्रेस साकोस भन्ने भावका साथ सदस्यहरुको आवश्यकता, माग र संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत एक्सप्रेस साकोस सदैव तयार छ र सोहि अनुरुपको भूमिका र गतिविधी समेत निर्वाह गर्दै आएको छ ।

० सहकारीको सेवा सुविधाप्रति सदस्यहरु सन्तुष्ट छन् त ?

सन्तुष्टि र असन्तुष्टिको मापन गर्ने कुनै निश्चित यन्त्र त छैन । बचत तथा ऋणको नियमानुसार कारोबार गर्ने सदस्य जहिले पनि सन्तुष्टको सुचीमा समावेश हुन्छ भने एकजना ऋणी सदस्य जसको कारोबार नियमित छैन, नियम उलघंनमा परेको छ भने उसलाई संस्थाले गरेको ताकेता आदि असन्तुसष्टीको कारण बन्न सक्छ । त्यसैले मानिसहरुको अवश्था, वातावरण, अपेक्षा र सोचको कारण त्यहि कुरा कहिले सन्तुष्टि प्रदान गर्ने किसिमको बन्छ भने कहिले सन्तुष्टिको कारण बन्न सक्छ । त्यसैले सहकारीका सेवा सुविधा पनि सदस्यहरुको अवस्था, वातावरण, अपेक्षामा भर पर्छ जस्तो लाग्छ मलाई । तर सहकारीहरुको स्थापनाको मूख्य उद्देश्य भने कै सदस्यहरुको हितमा हुने गरि सेवा सुविधा प्रदान गर्नु भएकोले सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ । छैन भने पनि आफ्नै संस्था हो बसेर छलफल गर्न सकिन्छ ।

० के कस्ता गुनासाहरु आउँने गर्छन ?

खै खासै सेवा सुविधाको हिसाबले त्यस्तो विशेष गुनासो आएको जस्तो लाग्दैन मलाई । बरु समय र भाखा नघाएका ऋणी सदस्यहरुले चाहि धेरै चिठी, फोन कल, म्यासेज र घर भिजिटले हामीलाई दिक्क भयो भन्नु हुन्छ तर उहाँहरुले शर्त सिमा र नियमलाई उलंघन गर्दा संस्थालाई परेको अप्ठेरोको बारेमा बुझिदिएमा संस्था र सदस्यको सम्बन्ध कति राम्रो र सेवा प्रवाहमा कति प्रवाभकारी हुने थियो होला ?

एक्सप्रेस साकोसको काउन्टरमा रकम जम्मा गर्दै सेवाग्राहीहरु

० अनि बचत तथा ऋणको अवश्था कस्तो छ ?

हालको विद्यमान परिस्थितीमा देश नै आर्थिक संकुचनको अवस्थाबाट गुज्रिरहेको अवस्थाबाट हामी कोहि पनि अनविज्ञ छैनौ । मानिसहरुको क्रय क्षमतामा हस आईरहेको छ । बढ्दो बैंक ब्याजदरका कारण ब्यबसायी वा ऋणीहरुको ऋण भूक्तानी गर्न सक्ने क्षमतामा कमी भैरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा अपनाएको कडाईसंगै आर्थिक गतिविधीहरु समेत खुम्चन पुगेका छन् । बैकिङ्ग कारोबारमा स्रोतको खोजीसँगै कारोबारमा उल्लेख्यमात्रामा कमी आएको छ । जग्गा कित्ताकाटको रोकावट र बैंक तथा वित्तिय संस्थाले सरल र सहज ढंगबाट ऋण प्रवाह गर्न नसक्दा सम्पूर्ण मानिसहरुको आर्थिक गतिविधी तथा कारोबारहरु प्रवाहित भएका छन् । अहिले यसको प्रत्यक्ष असर बैंक, वित्तिय सस्था, सहकारी, ब्यबसायी र सामान्य मानिसहरुमा समेत देखिएको छ । सहकारीमा सहि समयमा सहि ब्याजदर कामय गर्न नसक्ने सन्र्दभ ब्याजदरको क्याप र बैंकिङ्ग प्रणालीमा खुल्ला ब्याजदर नीतिका कारण पनि सहकारीको निक्षेप तथा ऋणमा प्रभाव पारेको छ ।

० आर्थिक कारोबारप्रति सन्तुष्ट हुनुहुन्छ ?

यत्तिको आर्थिक संकुचनको अवस्थामा समेत सदस्यज्यूहरुले एक्सप्रेस साकोसप्रति देखाउँनु भएको माया, सद्भाव र मैत्रीपूर्ण कारोबारप्रति एक्सपे्रस साकोस सबै बचतकर्ता तथा ऋणी सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्दछ । त्यसैले म अवस्था अनुरुप सन्तुष्ट नै छु ।

० एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्र्तगत के के गर्छ ?

एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत के के गर्छ भनेर ठ्याक्कै भन्नु भन्दा पनि सामाजिक र साँस्कृतिक गतिविधिमा सदस्यसँगै एक्सप्रेस साकोस भन्ने भावका साथ सदस्यहरुको आवश्यकता, माग र संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत एक्सप्रेस साकोस सदैव तयार छ र सोहि अनुरुपको भूमिका र गतिविधी समेत निर्वाह गर्दै आएको छ ।

सहकारीको वास्तविकता भन्ने नै के हुन्छ र ? यो एउटा सहकारितामा आधारित रहेर सदस्यहरुद्धारा सदस्यहरुको लागि प्रजातान्त्रिक पद्दतीमा आधारित रहेर सहभागिता मुलक ढंगबाट स्थापना भएको हुन्छ । जसले सदस्यहरुको स्वतन्त्रता तथा हितलाई ध्यानमा राखेर काम, कुरा तथा क्रियाक्लापहरु संचालन गरिरहेको हुन्छ ।

० सहकारीमा शुसासन कत्तिको आवश्यकता हुन्छ ?

शुसासनको आवश्यकता कहाँ हुँदैन होला ? झनै सहकारी जस्तो सदस्यहरुको सहभागिता रहने ठाउँमा त शुसासन र पारदर्शिताको अत्यन्त आवश्यकता र महत्व रहेको हुन्छ । जसले संस्थालाई नैतिकताको मार्गबाट सुशासित ढंगले ब्यबस्थित गर्दै सदस्यहितमा आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्न मद्दत पु¥याउँदछ ।

० तपाईको सहकारीमा छ त ?

अवश्य नै छ । त्यहि भएर त सहकारी तथा सदस्यहरुको माझमा एक्सप्रेस साकोसको आफ्नो एउटा छुट्टै नाम, पहिचान र स्थान कायम भएको छ ।

० एक्सप्रेस साकोसको नयाँ योजना केहि छ की ?

नयाँ योजना भन्दा पनि विद्यमान अवस्थामा संस्थालाई सदस्य विस्तार र वित्तिय आकारमा ठुलो बनाउने भन्दा पनि गुणस्तिरीय सेवा र सुविधामा परिस्कृत गरि विश्वसनीय संस्थाको रुपमा दिगो कार्यक्रम सहित संस्थालाई गतिशिल बनाई स्थायित्व प्रदान गर्ने संस्थाको दिर्घकालिन सोच तथा दृष्टिकोण रहेको छ ।

० पछिल्लो समयमा सहकारीहरुप्रतिको विश्वास घट्दो छ नि । किन हो ? तपाईको धारणा के छ ?

अत्यन्तै समय सान्र्दिभिक प्रश्न गर्नुभयो । हो पछिल्लो समय एकाध सहकारीहरुमा देखिको समस्याको कारण समग्र सहकारी अभियानप्रति नै प्रश्न चिन्ह खडा भएको छ । वास्तवमा समस्या प्रचार प्रसारमा आए जस्तो नै चाहि होईन । तर विद्यमान परिस्थिती र अवस्थालाई ध्यानमा राखेर समग्र सहकारी अभियान नै सचेत भएर सच्चिनु जरुरी छ र सदस्यज्यूहरुले पनि संयमता अपनाउनु जरुरी छ अन्यथा देशको अर्थतन्त्रको एक खम्बे सहकारीको पिलरमै समस्या आयो भने देश, जनता र सरकारले ठुलो मूल्य चुकाउँनु पर्ने हुन्छ । अर्थतन्त्र नै धरासायी पर्न सक्ने खतरा हुन्छ । मलाई त के लाग्छ भने विद्यमान परिस्थितीमा सहकारीको क्षेत्रमा मानव सृजित कथित भ्रमको कारण विकराल समस्या देखापर्दै गएको छ । संस्था र सदस्यमा विश्वासको कमी भईरहेको छ । हिजोदेखि सहकारीले सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक जिवनस्तरमा पु¥याएको योगदानहरु ओझेलमा परेका छन् । आज अवस्था कस्तो भएको छ भने यदि कसैलाई कुनै कुरामा चित्त बुझेन वा बुझाउँन सकिएन भने सामाजिक सञ्जालमा नकारात्मक टिका टिप्पणी पोष्ट गरिदिई हाल्ने । अनि टिप्पणी नै नकारात्मक भै सके पछि कमेन्ट सकारात्मक हुनै कुरै भएन । आज देश नै आर्थिक संकुचनको अवस्थाबाट गुज्रिरहेको परिस्थितीमा यसरी दिन दिनै सहकारीप्रति नकारात्मक भ्रम सृजना हुने गरि समाचार वा संदेश प्रकाशन हुँदै जाने हो भने संस्था र सदस्य दुवै मानव सृजित जोखिममा पर्नेछन् र हल्लाको भरमा एकै समयमा बचतकर्ताको लाईन लाग्ने हो भने ‘क’ वर्गको बैंकले पनि कसरी बचत फिर्ता दिन सक्ला र ! त्यसैले म सम्पूर्ण सदस्यज्यूहरुलाई के भन्न चाहन्छु भने बचत ब्याजको लोभमा नगरौ, संस्था नियमानुसार संचालन छ कि छैन चासो दिऊ, अहिले ऋणको ब्याजदर सरकारले बेला बेलामा सन्र्दभ ब्याजदर तय गरि लागु गर्न निर्देशन दिने हुँदा ब्याजदर लेनदेनको भिन्नता पनि बुझौ र सकेसम्म आफु सदस्य भएको संस्थामा आऊ जाऊ गरि हरेक हिसाबले सहभागीता जनाऊँ । अनावश्यक टिका टिप्पणीका पछाडी नलागीकन संस्थामा आफै सहभागी भएर वास्तविकता बुझौ ।

० सदस्यहरुको सहकारीप्रतिको विश्वास घटेजस्तो नै हो ?

त्यस्तो होईन किनकी कुनै पनि सहकारी संस्था ब्यक्तिका निजी कम्पनी होईनन्, यि त सदस्यहरुको आफ्नै संस्था हुन । त्यसैले सदस्यहरुले पनि संस्थाका प्रत्येक गतिविधी तथा आफ्नो आवत जावतमा बृद्धि गर्नुप¥यो, संस्थाका संचालक, ब्यबस्थापकलाई सचेत गर्नुप¥यो, आफ्ना सुझाव तथा प्रतिक्रियाहरु राख्नु प¥यो । अनि सहकारी अभियानले पनि भए गरेका कमीकमजोरीलाई आत्मसात गरि संस्था तथा अभियानलाई सच्याउँदै अगाडी बढ्नु प¥यो । मलाई लाग्छ, यो घडी सहकारी अभियानको लागि अत्यन्त कठिन घडि हो र यसलाई पार गरे सँगै अव सहकारी अभियान पहिलेको भन्दा पनि मज्बुद्, शुसाशित र सदस्यहरुको आफ्नो अभिन्न सहयात्री बन्नेछ ।

० सहकारीको वास्तविकता के भन्नुहुन्छ ?

सहकारीको वास्तविकता भन्ने नै के हुन्छ र ? यो एउटा सहकारितामा आधारित रहेर सदस्यहरुद्धारा सदस्यहरुको लागि प्रजातान्त्रिक पद्दतीमा आधारित रहेर सहभागिता मुलक ढंगबाट स्थापना भएको हुन्छ । जसले सदस्यहरुको स्वतन्त्रता तथा हितलाई ध्यानमा राखेर काम, कुरा तथा क्रियाक्लापहरु संचालन गरिरहेको हुन्छ ।

० भन्नै पर्ने केहि छुट्यो की ?

त्यहि हो अहिलेको परिस्थिती वित्तिय तथा कारोबारको हिसाबले कसैको लागि पनि त्यत्ति उर्पयूक्त छैन । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट संयममता अपनाउँनु जरुरी छ । सहकारीहरु मर्जमा जानु अबको आवश्यकता हो जस्तो लाग्छ मलाई । समग्र देश आर्थिक र राजनीतिक रुपमा तरल अवस्थामा छ । जिम्मेवार नागरिकको हैसियतले हामीले हाम्रा प्रत्येक गतिविधी माथी आफैले सोच विचार गरेर आफुलाई अगाडी बढाउँनु पर्ने हुन्छ । नकारात्मक होईन, सकारात्मक सोचौ । सकारात्मक काम, कुरा, क्रियाक्लाप गरौ, नराम्रो पक्षहरु विस्तारै आफै हटेर जानेछन् ।