चाैतारीकाे आयाेजनामा उम्मेदवारसंग संचारकर्मी

बनेपा। प्रेस चाैतारी नेपालले नेकपा एमालेका उम्मेदवारसंग संचारकर्मी कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

बिहिबार बनेपामा निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत प्रेस चाैतारी नेपाल काभ्रेपलान्चोक निर्वाचन प्रचार प्रसार कमिटीकाे आयाेजनामा एमालेका उम्मेदवारसंग संचारकर्मी कार्यक्रम गरिएको हाे ।

उम्मेदवारसंग संचारकर्मी कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक तर्फका उम्मेदवारहरूले बाेल्दै आफ्ना भावि याेजनाबारे जानकारी गराएका थिए ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा काभ्रेपलान्चोक जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा रेशम लामा उम्मेदवार बनेका छन् । पुर्व राज्यमन्त्री समेत रहेका लामा नेकपा एमालेको केन्द्रिय सदस्य हुन् । यस्तै, प्रदेश सभातर्फ १ (क) मा दिल बहादुर लामा र (ख) मा चन्द्र लामाले उम्मेदवारी दिएका छन् । चन्द्र लामा वागमती प्रदेशका पुर्व कृषि मन्त्री पनि हुन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गोकुल बास्कोटाकाे उम्मेदवारी रहेकाे छ । बास्कोटा पुर्वमन्त्री एवं एमाले पोलिट्व्युरो सदस्य हुन् । प्रदेश सभातर्फ २ (क) मा कुमार खकुरेल र (ख) मा कुमार थापाकाे उम्मेदवारी रहेकाे छ ।

नेकपा एमाले काभ्रेपलान्चोकले रूकमर्णि राणा रसाइलीलाई प्रतिनिधि सभाकाे समानुपातिक उम्मेदवार र रिता ढकाललाई बागमती प्रदेशकाे समानुपातिक उम्मेदवार बनाएकाे छ । रसाइली एमालेकाे केन्द्रिय सदस्य र ढकाल जिल्ला कमिटिकाे सह-सचिव हुन् ।

प्रेस चाैतारी जिल्ला अध्यक्ष भुवन रायमाझीकाे अध्यक्षतामा भएकाे उम्मेदवारसंग संचारकर्मी कार्यक्रम सचिव जगत तामाङले संचालन गरेका थिए ।