बुमराहको स्थानमा शामीले विश्वकप खेल्ने
अष्ट्रेलियामा यसै साताबाट सुरु हुने टीट्वान्टी विश्वकपमा भारतीय क्रिकेट टोलीबाट जसप्रित बुमराहको स्थानमा मोहम्मद शामीले खेल्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । बोर्डको विज्ञप्ति अनुसार, शामी अष्ट्रेलिया पुगिसकेका छन् भने ब्रिस्बेनमा अक्टोबर १७ र १९ मा आयोजक र न्युजिल्याण्ड विरुद्ध भारतको दुई आधिकारिक अभ्यास अघि खेल्ने टोलीसँग उनी जोडिने बताइएको छ ।
गत हप्ताको सुरुमा दक्षिण अफ्रिकामाथि ५० ओभरको ढाँचामा भारतको २–१ को जितमा प्लेयर अफ द सिरिज घोषित भएका शार्दुल ठाकुर र मोहम्मद सिराजलाई ब्याकअपको रूपमा नाम दिइएको छ । यो जोडी छिट्टै अष्ट्रेलिया जानेछ, बीसीसीआईले जनाएको छ ।
जब बुमराह अक्टोबर ३ मा विश्वकपबाट बाहिर भए । चोटपटकका कारण उनी लगभग ६ हप्ता बाहिर थिए । विशेष गरी मुख्य प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माले अस्ट्रेलियामा खेलेको विगतको अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिने संकेत गरेपछि शामी उनको स्थानमा अग्रपंक्तिमा थिए । शामीले अष्ट्रेलियाको धेरै भ्रमणहरूमा भाग लिइसकेका छन्, र दुई टेस्ट–श्रृंखला जित्नका साथै सन् २०१५ मा एकदिवसीय विश्वकपमा संलग्न थिए, जहाँ उनी भारतका लागि दोस्रो–सबैभन्दा बढी विकेट लिने खेलाडी थिए ।
अष्ट्रेलियामा, शामी, भुवनेश्वर कुमार, अर्शदीप सिंह र हर्षल पटेलको सिम–बलिङ आक्रमणमा सामेल हुनेछन् भने हार्दिक पाण्ड्या अलराउन्ड विकल्पको रूपमा रहनेछन् ।
शमीले अहिले करिब एक वर्षदेखि टीट्वान्टी खेलेका छैनन्, अन्तिम पटक युएईमा २०२१ को विश्वकपमा खेलेका थिए । उनले उक्त प्रतियोगितामा ८.८४ को इकोनोमीमा पाँच खेलबाट ६ विकेट लिए ।
टी–२० विश्वकपका लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त (विकेटकीपर), दिनेश कार्तिक (विकेट), हार्दिक पाण्ड्या, आर अश्विन, युजवेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, अर्शदीप सिंह, मोहम्मद शामी । – एजेन्सी