शताब्दी पुरुष जोशीको स्वास्थ्य चिन्ताजनक (को हुन् सत्य मोहन जोशी ?)
काठमाडौं । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत वाङमय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
अस्पतालले विज्ञप्ति जारी गरी उपचारार्थ रहेका १ सय ३ वर्षीय शताब्दी पुरुष जोशी विगत लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेको र कमजोरी देखिएका
कारण गत असोज ७ गतेदेखि इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरु गरेको बताइएको छ ।
रगत परीक्षणमा डेङ्गु संक्रमण देखिएको र असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएकोले उनलाई सघन उपचार कक्षमा सिफ्ट गरी उपचार गराउँदै आएको जनाएको छ ।
को हुन् सत्यमोहन जोशी ?
जन्म वि. सं. १९७७ बैशाख ३० गते जन्मिएका सत्यमोहन जोशी नेपालका संस्कृतिविद् हुन् । उनले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन् ।
जोशीलाइ पुरातत्व विभाग (नेपाल)का पहिलो निर्देशक बन्ने सौभाग्य पनि प्राप्त भयो । वि. सं. २०१५ मा केवल ३८ वर्षको उमेरमा उनी पुरातत्व विभाग (नेपाल)को निर्देशक बनेका थिए ।
यस्तै, नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ।
उनले त्रिशक्तिपट्ट, सुप्रबल गोर्खा दक्षिणबाहु, उज्ज्वल कीर्तिमान राष्ट्रदीप, मदन पुरस्कार ३ पटक, आदिकवि भानुभक्त पुरस्कार र विद्यावारिधीको मानार्थ प्रमाणपत्र (काठमाडौँ विश्व विद्यालय) सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । वरिष्ठ साहित्यकार सत्यमोहन जोशीलाई वि. सं. २०६९ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
अस्पतालको प्रेस विज्ञप्ति: