सत्ता गठबन्धनको बैठक खर्च नेपाली कांग्रेसले आफ्नै कोषबाट तिरिने
काठमाडौं । बालुवाटारमा बसेको बैठक खर्च नेपाली कांग्रेसले आफ्नै कोषबाटै तिरिने भएको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको नेपाली कांग्रेस कार्य सम्पादन बैठकमा महामन्त्री गगन थापाले बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र नेपाली कांग्रेसको बैठक खर्च कोषबाट तिर्ने प्रस्ताव पेश गरेका थिए ।
उनको प्रस्तावमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति समेत जनाएका छन् ।