आयोगको निर्देशन “माधव नेपाललाई कारवाही गर”
काठमाडौं । रौतहट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार माधव कुमार नेपाललाई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
उनले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयमा प्रकाशित समाचार र निजले सार्वजनिक गरेको वक्तव्यको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त वक्तव्यको विषयमा आयोगको अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने आधार नभएकोले आयोगले कारवाहीको पत्र काटेको हो ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजि निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले लो लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने र दफा २० को उपदफा (४) बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौटहटलाई आयोगले पत्र काटेको हो ।