युक्रेनमा सबै विद्युतीय उपकरण चार्ज गर्न आह्वान

यक्रेनको राष्ट्रिय ऊर्जा कम्पनीले त्यहाँका आम नागरिकहरूलाई “सबै विद्युतीय उपकरणहरू चार्ज गर्न“ आह्वान गरेको छ ।

रुसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती हुने अपेक्षा गर्दै युक्रेनको स्थानीय समय अनुसार बिहीबार बिहानको सात बजेसम्म सबै विद्युतीय उपकरण चार्ज गर्न आह्वान गरेको हो ।

ऊर्जा केन्द्रहरूमा बुधवार फेरि पनि रुसले क्षेप्यास्त्र आक्रमण गरेको थियो भने ऊर्जा केन्द्र लक्षित यस्ता आक्रमणको श्रृङ्खला अक्टोबर १० देखि जारी छ ।

एकै पटकमा चार घण्टाभन्दा बढी विद्युत् कटौती हुनुले बिहीबार देशभर असर गर्ने ऊर्जा केन्द्र सञ्चालन गर्ने युक्रेनेर्गोले जनाएको छ । उक्त कम्पनीले फोन, पावर ब्याङ्क, टर्च र ब्याट्रीहरू चार्ज गर्न आह्वान गरेको हो ।