‘प्रसाद २’ मा नम्रताको स्थानमा केकी

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को मुख्य अभिनेत्रीको लागि नम्रता श्रेष्ठको स्थानमा केकी अधिकारीले भूमिका निर्वाह गर्ने भएकी छिन् ।

फिल्मको छायाङ्कन सुरु हुनुअघि पारिश्रमिकको विषयमा अभिनेता विपिन कार्की र निर्माताबिच विवाद भएको थियो । सोही विवादका कारण सुटिङ रोकिएको थियो । विवाद टुंगिएपछि विपिन काम गर्न तयार भएपनि नम्रताले भने आफू व्यस्त भन्दै फिल्मबाट हात झिकेकी थिइन् ।

नम्रताले काम गर्न तयार नभएको कारण फिल्म निर्माण टिमले ‘प्रसाद २’ को मुख्य अभिनेत्रीको लागि केकीसँग सम्झौता गरेको हो । फिल्मको स्क्रिप्ट मन पर्नुका साथै समय मिल्ने भएकाले आफू काम गर्न तयार भएको उनको भनाई छ ।

सुदर्शन थापाद्वारा निर्देशित यस फिल्ममा अब विपिन र केकीका साथै अर्पण थापा र राज कटुवालको अभिनय रहनेछ ।