कमेडियन क्षितिजलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौ । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई दुई लाख ५० हजार धरौटीमा रिहाई गर्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहको मुद्दामाथि थुनछेक बहसपछि बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

स्ट्यान्ड अप कमेडी शोमा उनले नेवार समुदायका संस्कारमाथि हास्य व्यङ्ग्य प्रस्तुत गर्दै व्यंग्यले नेवार समुदायलाई होच्याएको भन्दै उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्ति विरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खलल सम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।

उनीविरूद्ध प्रहरीमा १०१ जनाले जाहेरी दिएका थिए । जाहेरी परेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।