तीव्र आलोचनाका कारण ४५ दिनमै बेलायती प्रधानमन्त्रीको राजिनामा
बेलायती सरकारले ल्याएको आर्थिक नीतिका कारण तीव्र आलोचना खेप्दै आएका बेलायती प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजिनामा दिएकी छिन् ।
पार्टीभित्र र बाहिरबाट समेत आलोचना खेप्दै आएकी उनले केही समयअघि मात्र आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन् । आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन् ।
बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन् । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् ।