बनेपामा लाेकतान्त्रिक बाम गठबन्धनकाे निर्वाचन केन्द्रित कार्यक्रम
बनेपा । लाेकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति बनेपाले शुभ दिपावली, नेपाल संम्वत् ११४३, छठ तथा ल्हाेछारकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।
नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष प्रमेश हमालकाे प्रमुख आतिथ्यता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव लिलामणि पाेख्रेलकाे बिशेष आतिथ्यता तथा नेपाली कांग्रेस, नेपाल समाजवादी पार्टी लगायतका नेताहरूकाे उपस्थितमा शुभकामना आदान प्रदान कार्यक्रम भएकाे छ ।
नेपाली कांग्रेस बनेपा नगर अध्यक्ष महेश कर्माचार्यकाे अध्यक्षतामा भएकाे निर्वाचन केन्द्रीत शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष सुरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
साेमबार बनेपामा भएकाे निर्वाचन केन्द्रीत नगरस्तरीय शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमेश हमालले काभ्रेपलान्चोक जिल्लाकाे प्रतिनिधि भसाका साथै प्रदेश सभातर्फका सबै उम्मेदवारहरूकाे जित सुनिश्चित रहेकाे बताउँदै जिल्लाकाे भाैतिक विकास, सामाजिक विकास, सामाजिक आर्थिक रूपान्तरणमा खेल्नुपर्ने भुमिका, समाजिक न्याय, लाेककल्याणकारी गतिविधिमा संलग्न हुनु पर्ने कुरामा गठबन्धनमा आबद्ध दलहरूबाट नै हुने बताए ।
कार्यक्रमका बिशेष आतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव लिलामणि पाेख्रेलले एमाले अध्यक्ष केपि शर्मा ओलिले दम्भ पालेका कारण देश याे अवस्थामा पुगेकाे बताउँदै प्रतिगामी शक्तिले निर्वाचन जित्याे भने जनप्रतिनिधि संस्था ध्वस्त हुन्छ, संघीयता ध्वस्त हुन्छ, गणतन्त्र ध्वस्त हुन्छ भन्दै यी सबै कुराहरूकाे स्थायित्वका निम्ति लाेकतान्त्रिक बाम गठबन्धनकाे आवश्यता रहेकाे बताए । उनले थपे – वर्तमान संविधानकाे रक्षा र मुलुककाे समृद्धिकाे निम्ति पनि गठबन्धन बनेकाे हाे । राजनितिमा स्थाई शत्रु र मित्र नहुने बताउँदै उनले बिगतमा भएकाे नेकपाकाे गठबन्ध र हालकाे गठबन्धन फरक रहेकाे बताए । हालकाे गठबन्धन वस्तुगत यथार्थमा र आवश्यकतामा बनेकाेले याे गठबन्धन अहिले आवश्यकता हाे- उनले भने ।
काभ्रेपलान्चोक जिल्लाकाे गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसकाे तर्फबाट गठबन्धनका साझा उम्मेदवार रहेका शिवप्रसाद हुमागाँईले काभ्रेको समृद्धिकाे लागि आफु प्रतिबद्ध रहेकाे बताउँदै गठबन्धनमा आबद्ध सबै दलका विचार समेटेर जिल्लाकाे विकास गर्ने प्रतिबद्धता जनाउँदै गठबन्धनमा आबद्ध दल, काभ्रेली माटाे र मतदातामा आँच आउने कुनै कार्य नहुने बताए ।
आगामी निर्वाचन केन्द्रीत कार्यक्रममा बाेल्दै प्रदेश सभा २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादेले मंसिर ४ मा हुने निर्वाचन पछि पनि सबैलाई समेटेर जाने बताउँदै वर्तमना जनप्रतिनिधिहरूले सुरू गरेका अधुरा कामलाई निरन्तरता दिने बताए । बादेले आफ्नाे कार्यकालमा कुनै पनि दाग लाग्ने काम नहुने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयाेजक भाेला प्रसाद अर्याल, नेपाली कांग्रेसका अचुत पाैडेल, नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद सापकाेटा लगायतले बाेलेका थिए ।