लिन स्कूलले गर्याे देउसी भैलो कार्यक्रम

बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कूलले २०७९ को देउसी भैलाे कार्यक्रम आयाेजना गरेकाे छ ।

मंगलबारबाट शुरु भएको देउसी भैलो कार्यक्रम बनेपाका विभिन्न स्थानमा सञ्चालन हुने विद्यालयले जनाएको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप तथा परीक्षा संयोजक दिपक तामाङको नेतृत्वमा भएको कार्यक्रम दुई दिन चल्ने जनाईएकाे छ ।

विद्यालयका अनुसार कार्यक्रममा विद्यालयमा सञ्चालन भईरहेको सांगितीक तथा गायन विधामा सहभागि विद्यार्थीहरुद्धारा गीत तथा नृत्यसंगै देउसी भैलोसहितको सांस्कृतिक कार्यक्रम हुनेछ । विद्यार्थीलाई सांस्कृतिक मनोरञ्जनसंगै कला, संस्कृति र चाडपर्वहरुको बारेमा नयाँ पुस्तालाई ज्ञान दिलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएकाे विद्यालय सञ्चालक कृष्ण कुमार भण्डारी (शिशिर)ले बताए।

विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसारको किताबी ज्ञानसंगै सांस्कृतिक तथा सामाजिक पक्षको समेत ज्ञान दिन आवश्यक रहेकाले तिहार जस्ता सांस्कृतिक पर्वमा विद्यार्थीहरुको पूर्ण सहभागितामा कार्यक्रमको आयोजना गरेको उनकाे भनाई छ । उनले थपे ‘जसबाट सुनेर मात्रै नभई आफैले गरेर वा देखेर तथा अन्य बालबालिकाले हेरेर पनि सिक्न पाउने अवसर प्रदान गर्नेछ ।’

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरूकाे समेत सहभागिता रहेको छ ।