माओवादीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न
बनेपा । नेकपा (माओवादी केन्द्र) काभ्रेपलान्चोक प्रतिनिधि सभा २ ख काे आयाेजनामा उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएकाे छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव लीलामणि पोख्रेलकाे प्रमुख आतिथ्यतामा शनिबार बनेपामा भएकाे उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा अगुवा कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।
निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले निर्वाचन आफैमा एउटा पाठशाला भएकाे बताईका छन् । उनले भने हामी कसरि जनतावीच जान्छौं ? जनतालाई कसरि संगठित गर्छाैं ? जनतालाई कसरि कृयाशिल राख्छौं ? भन्दै पाठशाला भएकाे बताएका हुन ।
कार्यक्रममा बाेल्दै उनले भने युद्ध र आन्दोलनबाट प्राप्त गरेकाे अधिकारकाे रक्षाका लागि आगामी निर्वाचनकाे महत्त्व रहेकाे र विगतमा प्राप्त गरेका उपलब्धिहरूकाे रक्षा, संघियताकाे रक्षा, समावेशी समानुपातिक प्रतिनिधित्वकाे रक्षा, माैलिक अधिकारकाे रक्षा, संबैधानिक आयाेगहरूले दिने अधिकारहरूकाे रक्षा लगायतका लागि निर्वाचन आवश्यक रहेकाे बताएका छन् । उनले भने अहिलेकाे गठबन्ध राष्ट्रिय सहमति र आवश्यकताका कारण बनेकाे हाे ।
गठबन्धकाे आवश्यकता र सहमतिकाे बारेमा प्रष्ठ पार्दै पोख्रेलले चुनाव चिह्न माध्यम रहेकाे र विचार मुख्य रहेकाे बताए । साथै, उनले
निर्वाचन प्रणालीर महँगो हुँदै गएकाेले खर्च बिनाकाे निर्वाचन प्रणाली खडा गर्नतर्फ लाग्नु पर्ने चर्चा गरे ।
प्रतिनिधि सभा २ ख काे आयाेजनामा भएकाे उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिव ईन्द्र बहादुर थिङ, जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष भाेला प्रसाद अर्याल लगायतले बालेका थिए ।