लालध्वजले भने भ्रष्टाचारको धब्बा लाग्न दिने छैन
नमोबुद्ध । लोकतान्त्रिक वाम गठबन्धनका काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले मतदाताहरूले दिएको सम्मान र मतलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न नदिने बताएका छन् ।
शनिबार काभ्रेको नमोबुद्धमा भएकाे चुनावी कार्यक्रममा बाेल्दै लालध्वजले ‘काभ्रेको समग्र राजनीतिलाई आफुले बुझेकाे र अनुभवी रहेकाे बताउँदै अहिलेसम्म कुनै भ्रष्टाचारको धब्बा लगाएका छैनौँ र आगमी दिनमा पनि कुनै भ्रष्टाचारको धब्बा लाग्न नदिने बताएका छन् । उनले भने, ‘तपाईहरूले दिएको मत र तपाईहरूले उठाएको झण्डालाई इतिहासमै निहुरिन दिनेछैनौँ ।’ मतदाताहरूले दिएको इज्जतलाई कहिल्यै अपहेलना र कलंकित हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
उक्त चुनाबी सभालाई सम्बोधन गर्दै उनले यो निर्वाचन संविधान मास्ने र बचाउने बिचको लडाई भएकाले संविधानको रक्षाका लागि गठबन्धनको जीत अनिवार्य रहेको बताएका छन् । उनले थपे चुनाव पछी काभ्रेको व्यवस्थित र दिगो विकासको युग सुरु हुनेछ । तिनै तहका सरकार मिलेर छलफल गरी बिकासका निर्माणका कामहरू अगाडी बढाउने काम गर्ने दोङले बताए । आफुले विगतमा गरेको प्रतिबद्धताहरू क्रमश सम्पन्न हुदै गएको र आगामी दिनमा बाँकी बिकास निर्माणका कामहरू सम्पन्न गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरूको जित आवश्यक रहेको उनले बताए । अरुले जस्तो भ्रम सिर्जना गरी यो पनि हामीले गरेको त्यो पनि हामीले गरेको भन्दै नहिड्ने तर काम गरेर जनताले अनुभुति गर्ने खालको काम गर्ने उनको भनाई छ ।
कार्यक्रममा काभ्रे क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार तिर्थ लामाले बिकासको मूल फुटाउनको लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् ।
लामाले जनताको आधारभूत आवश्यकताका आयोजनादेखि गौरवको आयोजनाहरू भित्राउनको लागि पनि आफुहरूले उम्मेदवारी दिएको बतनएका छन् । उनले भने कहाँबाट कसरी बजेट आउँछ र कहाँको लागि कहाँ पुगेर ल्याउनु पर्छ भन्ने कुरा आफुलाई अनुभव भएकोले विजयी भएपछि विकासको मूल फुटाउने उनले प्रतिबद्धता जनाएका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, सचिव गुणराज मोक्तान, नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला समन्वय समितिका सचिव दैवलाल घिसिङ लगायत नेपाली कांग्रेस काभ्रेका विभिन्न भात्री संघ संस्थाका सभापति उपसभापति, नेकपा माओवादी केन्द्रका भात्री संघ संस्थाका अध्यक्ष उपाध्यक्ष, नेकपा (एकिकृत समाजवादी) का नेता तथा संघ संस्थाका नता लगायतको उपस्थिती रहेको थियो ।
नामेबुद्ध नगरपालिका वडा नम्बर ६ धुवाकोट फेदी र वडा नम्बर ७ काक्रेमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको छ ।