एमाले घोषणापत्रमा ५ वर्षमा २० ग्यारेन्टी (अनलाईन सेवा, आइटीमा चमत्कारदेखि नेपालीलाई मात्र नागरिकता)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा २० ग्यारेन्टीको प्रतिबद्धता जनाएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधिको प्रयोग गर्दै राजनीतिक इतिहासमा पहिलो पटक डिजिटल रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले स्क्रिनमा हात स्क्यान गर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेको घोषणापत्रमा ५ वर्षभित्र पहिलो सेसनः समृद्धि अधिवेशन, नेपालीलाई मात्र नागरिक, हङ्गरः नो लङ्गर, उत्पादन स्वदेशीः बजार विदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाइः युवाको रोजाइका साथसाथै फ्रि युनिटः ५० युनिट, नो लाइनः सेवा अनलाईन, समृद्धिसँगको नाताः सबैको बैंक खाता तथा फाइभ जी िसञ्चारः आइटीमा चमत्कार लगायतका कुराहरु समावेश गरिएको छ । घोषणापत्रमा खाडीमा हैन, स्वदेशमै जवानी र दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार र ५ लाख रोजगारः न्यूनतम ज्याला २५ हजार लगायतका प्रतिबद्धता नेकपा एमालेले उल्लेख गरेको छ ।

घोषणापत्रमा ३० कामका क्षेत्र र २४७ प्राथमिकताका क्षेत्रहरुको बारेमा समेत लेखिएको छ भने ८२ माइलस्टोनको बारेमा समेत उल्लेख गरिएको छ ।

“पाँच वर्षः एमालेले गर्छ” नारा सहितको नेकपा एमालेको घोषणापत्र: