इष्टर्नको आइपीओ ६ हजार २ सय ३३ ले मात्रै पाउने, शुक्रबारभित्र बाँडफाँड

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ ६ हजार २ सय ३३ जनाले मात्रै पाउने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १८ गते शुक्रबार भित्रै बाँडफाँट गर्ने तयारी गरेको हो ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३ सय २६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४ सय ७० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३ सय १० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४ सय ६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३३ हजार ५ सय १५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २ सय ८९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २ सय ३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।