अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौताका लागि अनुमति दिइयो

काठमाडौँ । नेपालबाट अमेरिका र स्विजरल्यान्ड सिधै उडानका लागि हवाई सम्झौता गर्न नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । दुई मुलुकसँग हवाई सम्झौता भएमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान भर्न पाउनेछन् ।

नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।