मजदुरहरुको हितको लागि निरन्तर लागि रहेकाे छु : हुमागाँई
धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासघं काभ्रेपलान्चोकले आगमी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुसङ भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेकाे छ ।
शनिबार धुलिखेलमा भएको उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाँईले ट्रेड युनियनमा रहेर काम गरेको मजदुरहरुको हितको लागि आफू निरन्तर लागि रहेको बताउँदै हरदम मजदुरहरूकाे हक अधिकार, सुरक्षा, ज्यला दर, स्थायी नभएको बिषयमा निरन्तर लागि रहेको बताए ।
उनले नितिगत व्यवहारिक रुपमा मजदुरहरुको हितको लागि सधैं लाग्ने र सबै खाले प्राप्तीलाई रक्षा गर्नको लागि गठबन्धन भित्रबाट आफ्नो उम्मेदवारि रहेको बताएका छन् ।
साेही कार्यक्रममा प्रतिनिधि सभा २ प्रदेश सभा क का उम्मेदवार लक्षमण लमसालले हरेक खाले बर्गहरुको हितको लागि यो निर्वाचन प्रक्रियामा रहेको बताए । उनले आफूले मजदुरहरुको मुद्धाहरु सदनसम्म उठाउदै आएको बताउँदै सबै खाले मजदुरहरूकाे रक्षाका लागि यो निर्वाचनमा साझा उम्मेदवारहरुले जित्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समयोजक एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार भोला प्रसाद अर्याल, जिल्ला सचिब दैब लाल घिसिङ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईं लगायतले बाेलेका थिए ।
कार्यक्रम संचालन राजन अधिकारीले गरेका थिए ।